एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको आदेश
उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन प्रक्रिया रोक्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृपासुर कार्कीको एक इजलासले अन्तरिम आदेश नआउँदासम्मका लागि आगामी माघ २८ गते हुने भनिएको एन्फाको निर्वाचनका कुनै पनि गतिविधि अगाडि नबढाउन आदेश दिएको हो ।
अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेशी तोकिएको छ । निर्वाचनका लागि एन्फाले निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको थियो ।