नेपाल प्रिमियर लिग–२ फाइनलका लागि समर्थकको उत्साह, बिहानैदेखि रंगशालामा भीड
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)–२ को फाइनल खेलका लागि समर्थकहरू बिहानैदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुगेका छन्।
आज हुने उपाधि भिडन्तमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेललाई लिएर समर्थकहरू उत्साहित देखिएका छन् भने रंगशालाको वातावरण उत्सवमय बनेको छ।
प्रतियोगिताको दोस्रो संस्करणको उपाधिका लागि दुवै टोली कडा तयारीका साथ मैदान उत्रने अपेक्षा गरिएको छ। आयोजकले दर्शकको सुरक्षाका लागि आवश्यक व्यवस्थासमेत मिलाएको जनाएको छ।