जर्मन विश्वविद्यालय MDH को स्पट एडमिशन तथा छात्रवृत्ति काठमाडौंमा सम्पन्न
काठमाडौं, आषाढ ३१ – जर्मनीको MDH – University of Applied Sciences का लागि आयोजित विशेष स्पट एडमिशन तथा छात्रवृत्ति कार्यक्रम आज काठमाडौंको ग्यानेश्वरस्थित Study Square Tower मा सफलतापूर्वक सम्पन्न भएको छ।

Study Square International Education Advisors को आयोजनामा भएको यस कार्यक्रममा नेपाली विद्यार्थीहरूले MDH विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तर्वार्ता गर्दै तत्कालै एडमिशन अफर र छात्रवृत्ति प्राप्त गर्ने अवसर पाएका थिए।

MDHका क्षेत्रीय प्रमुख (Regional Head) जामेसा हानिफा र बिजनेस डेभलपमेन्ट प्रमुख (Head of Business Development) ऋषि कुमार स्वयं उपस्थित रहेर विद्यार्थीसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै योग्य विद्यार्थीहरूलाई ३० प्रतिशतसम्म छात्रवृत्ति सहित एडमिशन अफर प्रदान गरे।
साथै, नेपालकी बिजनेस हेड सुजाता शेर्पा र साउथ एसिया निर्देशक श्री देवेन्द्र म्यागो (Mr. Devender Maggo) ले पनि विद्यार्थीहरूलाई जर्मनीमा अध्ययनका अवसर, प्रक्रिया र सम्भावनाहरूको बारेमा जानकारी तथा मार्गदर्शन दिएका थिए।
यस कार्यक्रममा Expatrio ले सहयोगी साझेदारको रूपमा ३३ प्रतिशतसम्म छात्रवृत्तिको अवसर पनि प्रदान गरेको थियो। विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक योग्यता र अन्तरवार्ताको आधारमा २० प्रतिशतदेखि ३३ प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिएको थियो।
उच्च शिक्षा अध्ययनको लक्ष्य लिएका नेपाली विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको यस कार्यक्रममा, प्रत्यक्ष निर्णय र भविष्यको शैक्षिक योजना बनाउन सकिने अवसरप्रद र सफल पहलको रूपमा यो कार्यक्रम सम्पन्न भएको हो।
