नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्ने भएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार दिउँसो १ बजे बैठक बस्ने भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने एमालेले जनाएको छ ।
साथै नेपाली कांग्रेस र एमालेबीचको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने विषयले पनि बैठकमा विशेष रुपमा छलफल हुने जनाइएको छ ।