एमालेको संसदीय दलको बैठकमा आज पछिल्लो विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल हुँदै
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आइतबार बिहान बस्ने भएको छ ।
सोही बैठक आइतबार बिहान १० बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो । आइतबारको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र नेपाली कांग्रेससँगको सत्ता समीकरणको सहमतिको बारेमा सांसदहरुलाई औपचारिक रुपमा जानकारी गराइने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभएको छ ।
गत सोमबार राति कांग्रेससँग भएको सत्ता समीकरणको सहमतिसँगै एमाले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिसकेको छ । त्यस्तै, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको हो।
कांग्रेस र एमालेबीच सरकारको नेतृत्व आलोपालो गर्ने र संविधान संशोधन लगायतका विभिन्न बुँदामा सहमति भएको छ ।