आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले दियो नेपाललाई ११६ रनको चुनौती
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ।
अहिले जारी खेलमा टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन बनाएको हो। दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाएका छन्।
ट्रिस्टन स्टब्सले २७ तथा मार्करमले १५ रन बनाएका हुन्। नेपालका लागि कुशल भुर्तेलले ४ र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिएका छन्।