विदेशी मुद्राको विनिमय दर आज कति होला...
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर र कतारी रियालको मूल्य ३ दिनदेखि स्थिर रहेको राष्ट्र बैंकले जनाएको हो । त्यस्तै, यूरो र बेलायती पाउण्डको मूल्य भने बढेको छ ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ २५ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ८५ पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ४८ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ १३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ७९ पैसा र बिक्री दर १ सय ७० रुपैयाँ ५६ पैसा रहेको हो। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।