आईसीसी टी-२० विश्वकप क्रिकेटमा नामिविया विजयी
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा सोमबार भएको खेलमा नामिविया विजयी भएको छ।
लो स्कोरिङ गेममा निर्धारित २० ओभरमा दुवै टोलीले बराबरी रन बनाएका हुन्। ओमानले दिएको १ सय ९ रनको लक्ष्य पछ्याएको नामिवियाले ६ विकेट गुमाउँदै अन्तिम बलमा १ सय ९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।
सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य पाएको हो। तर ओमानले १० रन मात्र बनाउन सक्यो। ओमानका बिलाल खानले ३ चौका र १ छक्कासहित २१ रन खर्चिएका थिए।
त्यसअघि १ सय १० रनको लक्ष्य पछ्याएको नामिवियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाएको छ । नामिवियाका लागि जान फ्राइलिंकले सर्वाधिक ४५ रन बनाएका हुन् ।
निकोलास डाभिनले २४ रन जोडेका थिए। ओमानका लागि मेहरन खानले ३ विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले १–१ विकेट लिएका हुन्।
बारबाडोसको किङ्सटन ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो। पहिलो २ बलमा २ विकेट गुमाएको ओमानले १० रन बनाउँदा ३ विकेट गुमाइसकेको हो। रुबेन ट्रम्पलम्यानको घातक बलिङसामु ओमान निरीह देखिएको थियो।
त्यसपछि खालिद काइल र जिसान मक्सुदले ओमानको इनिङ्स सम्हालेका हुन्। खालिद ३९ बलमा ३४ रन बनाएका थिए । मक्सुदले २० बलमा २२ रन जोडेका छन्। त्यस्तै, आयान खानले १५ रन र शकिल अहमदले ११ रनकोको योगदान दिएका हुन्।
नामिवियाका लागि रुबेन ट्रम्पलम्यानले ४ विकेट लिएका छन् । उनले ४ ओभरमा मात्र २१ रन खर्चिएका थिए । उनको करियरको सबैभन्दा उत्कृष्ट बलिङ प्रदर्शन थियो । विश्वकपमा नामिवियाका लागि पनि सबै भन्दा प्रदर्शन थियो। डेभिड विसाले ३ र जेर्हार्ड इरास्मसले २ विकेट लिएका छन्। बर्नार्ड स्कोल्ट्जले १ विकेट हात पारेका थिए।
सोही जितसँगै समूह 'बी' मा रहेको नामिवियाले महत्वपूर्ण २ अंक जोडेको छ। प्रतियोगिता अन्तर्गत सोमबार राति श्रीलंका र दक्षिण अफ्रिका आमने सामने हुने भएका हुन्। समूह ए मा रहेको नेपाल र नेदरल्याण्डसको खेल मंगलबार राति हुने भएको छ।