‘शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब टुंग्याउनुपर्छ’: सांसद सिटौला
काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब टुंग्याउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दल राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विवादको घेराबाट मुक्त हुन नसक्ने उहाँको तर्क छ ।
तत्कालीन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकले अझै पनि न्याय नपाएका भन्दै उहाँले उनीहरूलाई न्याय दिनका लागि अरू ढिलो गर्नुनहुने बताउनुभयो ।