संघीय संसदका २ वटा संसदीय समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसदका २ वटा संसदीय समितिको बैठक मंगलबार बस्ने भएको छ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक सिंहदरबारमा मंगलबार बिहान ११ बजे बस्ने भएको हो । बैठकमा लुम्बिनी विकास कोषबाट भएका कामकारवाही, प्रमुख सवाल, समस्या र भावी कार्ययोजनाका विषयमा छलफल हुने भएको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सिंहदरबारमा मंगलबार दिउँसो साढे १२ बजे बस्ने भएको हो । बैठकमा सार्वजनिक नीतिको आवश्यकता, महत्व र कार्यान्वयन अवस्था लगायत विषयहरुका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।