प्रतिनिधि सभाको बैठकमा आज पनि बजेटमाथिको छलफल जारी हुने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार पनि बस्ने भएको छ।
सोही बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आइतबारबाट शुरु भएको आगामी आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सोमबार पनि छलफल जारी रहने भएको छ ।
सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो ।
आइतबारको बैठकमा विभिन्न दलका सांसदहरुले बजेटमाथि आआफ्नो धारणा राख्दै मिश्रित प्रतिक्रिया दिएका छन् । सरकारले यहि जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गरेको थियो।