स्पेनद्वारा अनुभवी खेलाडीलाई समेट्दै यूरोकप खेल्ने २६ खेलाडीको घोषणा
काठमाडौं । स्पेनले यूरोकप खेल्ने अन्तिम टिमको घोषणा गरेको छ ।
प्रशिक्षक लुइस डी ला फुएन्टेले युवा र अनुभवी खेलाडीलाई समेट्दै युरोकप खेल्ने २६ खेलाडीको घोषणा गरेका हुन् । स्पेनले यूरोकपमा युवा प्लेमेकर गाभीलाई गुमाएको छ ।
चोटका कारण खेल्न नसक्ने भएपछि गाभी यो यूरोकपमा देखिने छैनन् । त्यस्तै, एलेक्स गार्सिया, अलेजानद्रो बाल्ड़े, पाउ टोरेज र पेड्रो पोर्रो जस्ता खेलाडी टिममा परेका छैनन् ।
स्पेनको यूरो कप खेल्ने टिमको तल उल्लेख गरिएको छ:
गोलकिपर– एलेक्स रेमिरो, डेभिड राया र उनाई साइमन
डिफेन्डर– अमेरिक लापोर्टे, रोबिन ले नोर्मान्ड, अलेजान्द्रो ग्रिमाल्डो, ड्यानी कारभाजल, डानी भिभियन, जेसस नाभास, नाचो र मार्क कुकारेल्ला
मिडफिल्डर– मिकेल मेरिनो, फाबियन रुइज, एलेक्स बेना, मार्टिन जुबिमेन्डी, रोड्रिगो, पेड्रि र फर्मिन लोपेज
फरवार्ड– अल्भारो मोराटा, ड्यानी ओल्मो, जोसेलु, लामिन यामल, मिकेल ओयार्जबाल, अयोजे पेरेज, फेरान टोरेस र विलियम्स जूनियर
यूरोकप जुन १४ तारिखदेखि शुरु हुने भएको छ । स्पेन भने यस यूरोकपमा समूह ‘बी’ मा रहेको हो । यस समूहमा स्पेनसहित क्रोसिया, इटाली र अल्बानिया रहेका छन् ।
स्पेनले यूरोकपमा आफ्नो पहिलो खेल जुन १५ तारिखमा क्रोसियाविरुद्ध खेल्ने तालिका रहेको हो ।