जाजरकोटमा आज बिहानै भूकम्पको धक्का
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ ।
जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान ७ः३८ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महशुस गरिएको थियो ।