युरोकप फुटबलमा सर्बियालाई पराजित गर्दै इंग्ल्याण्ड विजयी
काठमाडौं । जर्मनीमा जारी युरोकप फुटबलमा इंग्ल्याण्डले विजयी शुरुवाती गरेको छ ।
सोमबार बिहान सम्पन्न खेलमा सर्बियालाई १–० गोलले पराजित गर्दै इंग्ल्याण्ड विजयी भएको हो । इंग्ल्याण्डका लागि जुड बेलिङह्यामले एक गोल गरेका छन् ।
उनले खेलको १३औं मिनेटमा गरेको गोल नै इंग्ल्याण्डको जितका लागि निर्णायक बनेको हो । सोही जितसँगै समूह ‘सी’ मा रहेको इंग्ल्याण्डले ३ अंक जोडेको छ ।