प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद हेरफेर गर्ने तयारीमा, नाउपालाई पर्यटन मन्त्रालय दिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गर्नुभएको छ।
प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा सहभागी गराउन लाग्नुभएको हो । उहाँले केही दिनभित्रै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने तयारी गरेको जनाइएको छ ।
हाल नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्रीमा रहनुभएको हो । अध्यक्ष श्रेष्ठलाई जिम्मेवारी दिएपछि तामाङलाई तत्कालका लागि विना विभागीय मन्त्री बनाउने तयारी रहेको छ ।
कैलाली-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित श्रेष्ठले आफू मन्त्री बन्न लागेको स्वीकार गर्नुभएको हो ।