प्रतिनिधि सभाको बैठकमा आज ३ वटा विधेयक पेश
काठमाडौं । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा ३ वटा विधेयक पेश गरिएको छ ।
अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेश गर्नुभएको हो ।
सोही विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेका विरोधको सूचनालाई सभाको बहुमतले अस्वीकृत गरेको छ ।
प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो ।