गौरादहमा टिपरको ठक्करले साइकलयात्रीको मृत्यु
झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। गए राति गौरादह–१ स्थित पाडाजुङ्गी–गौरीगन्ज सडकखण्डमा भएको दुर्घटनामा गौरादह–४ का ६१ वर्षीय प्रेमप्रसाद गुरागाईँको ज्यान गएको हो।
डिपु चोकबाट पेट्रोलपम्पतर्फ जाँदै गरेको टिपरले उनलाई ठक्कर दिएको थियो। गम्भीर घाइते गुरागाईँलाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ।