विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस मनाइँदै
आज विश्वभर ‘चरन क्षेत्र: पहिचान, सम्मान र पुनःस्थापना’ नाराका साथ विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घले सन् १९९४ मा जुन १७ लाई यो दिवसका रूपमा घोषणा गरेपछि सन् १९९५ देखि प्रत्येक वर्ष मनाउन थालिएको हो।
दिवसको उद्देश्य मरुभूमिकरण, भूमि क्षयीकरण र खडेरीका चुनौतीबारे जनचेतना फैलाउनु र दिगो भूमि व्यवस्थापनलाई प्रवर्द्धन गर्नु हो। राष्ट्रसङ्घका अनुसार विश्वका आधाभन्दा बढी चरन क्षेत्र क्षयीकरणको जोखिममा छन्, जसले खाद्य सुरक्षा, जैविक विविधता र जलवायु सन्तुलनमा असर पारिरहेको छ।