काठमाडौँमा एकै दिन २,५३५ सवारी चालक कारबाहीमा
काठमाडौँ उपत्यकामा एकै दिन २,५३५ सवारी चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीबाट १९ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
मादक पदार्थ सेवन गर्ने, तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन उल्लङ्घन गर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने लगायत विभिन्न नियम तोड्ने चालकहरू कारबाहीमा परेका हुन्। सबैभन्दा धेरै अन्य नियम उल्लङ्घन गर्ने १,६०९ जना रहेका छन्।