आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले युगान्डालाई १ सय ८४ रनको लक्ष्य दियो
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले युगान्डालाई १ सय ८४ रनको लक्ष्य दिएको छ ।
गुयानाको प्रोभिडेन्स स्टेडियममा अहिले टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको हो । टोलीका लागि ओपनरद्वय रहमनुल्लाह गुरुबाज र इब्राहिम जादरानले शतकीय साझेदारी गरेका छन् ।
दुवैले पहिलो विकेटका लागि १ सय ५४ रन बनाएका हुन् । गुरबाजले ४५ बलमा ७६ रन बनाएका छन् । उनले ४ चौका र ४ छक्का हिर्काएका हुन् । जादरानले ४६ बलमा ७० रन जोडेका छन् । उनले ९ चौका र १ छक्का प्रहार गरेका हुन् ।
मोहम्मद नाबीले १६ बलमा १४ रन जोडेका छन्। युगान्डाका लागि ब्रायन मसाबा र कोसमास केवुटाले २-२ विकेट लिएका हुन्। २ टोली पहिलो पटक आमने सामने भएका छन् । समूह ‘सी’ मा वेस्ट इन्डिज र न्युजिल्याण्ड सुपर-८ पुग्ने दावेदार मानिन्छन् ।