आईसीसी टी-२० विश्वकप क्रिकेटमा पीएनजीलाई ३ विकेटले पराजित गर्दै युगान्डाको पहिलो विजयी शुरूवात
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा पपुवा न्यूगिनी (पीएनजी) दोस्रो खेलमा पनि पराजित भएको छ।
बिहीबार बिहान सम्पन्न भएको खेलमा पीएनजीलाई युगान्डाले ३ विकेटले पराजित गरेको हो । ७८ रनको सामान्य लक्ष्य युगान्डाले ७ विकेटको क्षतिमा पूरा गरेको छ । युगान्डाका लागि रियाज अलि साहले सर्वाधिक ३३ रन बनाएका हुन्।
प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्यूगिनीले १९ दशलमव १ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको छ । ब्याटिङ नचल्दा पीएनजी सामान्य लक्ष्यमा सीमित भएको हो।
पीएनजीका हिरीहिरीको १५ रन नै सर्वाधिक रहेको थियो। युगान्डाले विश्वकपमा विजयी शुरुवात गरेको छ । पीएनजीको भने जारी विश्वकप खेलमा लगातार दोस्रो हार हो।