आईसीसी टी-२० विश्वकप क्रिकेटमा अमेरिका 'सुपर ८' मा प्रवेश, पाकिस्तान बाहिरियो
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अमेरिका 'सुपर ८' मा प्रवेश गरेको छ।
आफ्नो पहिलो सहभागितामा नै आयोजक अमेरिका समूह 'ए' बाट भारतसँगै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो। अमेरिका र आयरल्याण्डबीच फ्लोरिडामा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि अमेरिका दोस्रो चरणमा प्रवेश गर्ने निश्चित भएको हो।
उता दुवै टोलीले अंक बाँडेपछि साविक उपविजेता पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ। आफ्नो पहिलो खेलमा अमेरिकाविरुद्ध हार बेहोरेको पाकिस्तान यसपटक दोस्रो चरणमा नपुगी घर फर्किने भएको हो।
समूह 'ए' मा भारत ३ खेलमा ३ जितसहित शीर्ष स्थानमा रहेको छ । अमेरिकाको शनिबारको नतिजा पछि ४ खेलमा ५ अंक पुगेको हो। पाकिस्तानको भने ३ खेलमा २ अंक मात्र रहेको छ।
त्यस्तै, क्यानाडाको पनि ३ खेलमा २ अंक रहेको हो । आयरल्याण्ड ३ खेलमा शून्य अंक रहेको छ।