आईसीसी टी-२० विश्वकप क्रिकेटमा वर्षाका कारण खेल अवरूद्ध भएपछि नेपाल र श्रीलंकाले अंक बाँडे
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलंकाबीचको खेल वर्षाले अवरुद्ध भएको छ।
लगातारको वर्षाले खेल हुन नसकेपछि दुवै देशले एक-एक अंक बाँडेका हुन्। अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान सवाँ ५ बजे हुने भनिएको खेल वर्षाले प्रभावित भएको छ ।
वर्षा रोकिएपछि खेल हुने बताइएको भए पनि लगातार वर्षा भएपछि दुवै देशले अंक बाँडेका हुन्। योसँगै अंक विहीन नेपाल र श्रीलंकाले एक-एक अंक बनाएका हुन्।
समूह ‘डी’मा २ खेल खेलिसकेको श्रीलंका र एक खेल खेलेको नेपाल अंक विहीन भएका थिए।