लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद सजाय
काठमाडौं । लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय हुने भएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायण सिंह राई र रितन्द्र थापाको इजलासले भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवानाको सजाय निर्धारण गरेको हो । यहि जेठ २४ गते दोषी ठहर भएका भट्टराईलाई बिहीबार विशेष अदालतले कसुर निर्धारण गरेको छ ।
ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट घुस लिएको आरोपमा भट्टराईविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०८० चैत २५ गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।