बागमतीसहित देशका ६ प्रदेशमा आज पनि मेघगर्जन/चट्यांगदेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । नेपालमा स्थानीय वायु-पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर-प्रदेशदेखि पश्चिम-बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
मंगलबार बिहान कोशी, मधेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको हो । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
साथै कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
मंगलबार दिउँसो भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । बाँकी भू-भागमा भने आंशिक बदली हुने भएको हो । त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको हो । त्यस्तै, देशका उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
मंगलबार राति भने कोशी, मधेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको छ।
त्यस्तै, कोशी, मधेश, गण्डकी प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।