युरोकप फुटबलमा फ्रान्स र पोल्याण्डबीचको खेल बराबरीमा
काठमाडौं । युरोकप फुटबलको समूह डीमा रहेका फ्रान्स र पोल्याण्डले बराबरी खेलेका छन् ।
मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । फ्रान्सका लागि केलियन एम्बाप्पेले एक गोल गरेका थिए । पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काएका हुन् । दुवैतर्फबाट थप गोल नहुँदा खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
यो समूहबाट अष्ट्रिया विजेता र फ्रान्स उपविजेताका रुपमा अन्तिम १६ मा पुग्दा ४ अंक भएको नेदरल्याण्ड्सको सम्भावना पनि बलियो छ । पोल्याण्ड भने खेलबाट बाहिरिसकेको हो ।