आफू काठमाडौं महानगरको मेयर हुँ भन्ने नभुल्न बालेनलाई सांसद भट्टराईको चेतावनी
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले आफू काठमाडौं महानगरपालिकाको मेयर हुँ भन्ने नभुल्न बालेन्द्र साह बालेनलाई चेतावनी दिनुभएको छ ।
प्रतिनि सभाको मंगलबार बसेको बैठकमा बोल्दै उहाँले प्रत्येक व्यक्तिको सीमा र अधिकार तोकेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो,-'काठमाडौं महानगरका मेयर साहलाई हामी सहयोग गर्न तयार छौं। काठमाडौं फोहोर व्यवस्थापन र चोक-चोकमा साँस्कृतिक सहर एमालेले बनाएको हो । अहिले पनि बालेनजीलाई म भन्न चाहन्छु पैसा कति चाहियो सरकारले दिन तयार छ। सरकारले दिन्छ। तर, उत्तेजना फैलाएर हुँदैन ।’
देशमा यो व्यवस्था ल्याउनको लागि मरिमेटेका नेता र एमालेको नेतृत्वमाथि गालीगलौज गर्न आफैं आकाशतिर फर्किएर थुक्नु जस्तो भएको सांसद भट्टराईले बताउनुभयो ।