पोर्चुगलद्वारा यूरो २०२४ खेल्नका लागि २६ सदस्सीय टोलीको घोषणा
काठमाडौं । आगामी जुन १४ देखि जुलाई १४ तारिखसम्म जर्मनीमा हुने यूरो २०२४ का लागि पोर्चुगलको टोली घोषणा गरिएको छ ।
पोर्चुगलले मंगलबार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २६ सदस्सीय टोलीको घोषणा गरेको हो। टोलीमा ४१ वर्षीय डिफेन्डर पेपे पनि समावेश भएका हुन् । टोलीमा ब्रुनो फर्नान्डिज, डियोगो डालोट, बर्नार्डो सिल्भा, डियोगो जोटा, जोआओ पाल्हिन्हा र जोस सा पनि समेटिएका छन् । त्यस्तै, गोन्कालो इनासियो, जोआओ क्यान्सेलो, नेल्सन सेमेडो र नुनो मेन्डेस पनि टोलिमा समेटिएका हुन् । पोर्चुगलले चेक रिपब्लिकसँग खेल्दै यूरो कपको शुरूवात गर्ने भएको हो।
यूरो कपअघि फिनल्यान्ड, क्रोएसिया र रिपब्लिक अफ आयरल्यान्डसँग पोर्चुगलले मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
पोर्चुगलको२६ सदस्सीय टोली:
डिओगो कोस्टा, जोसे सा, रुई प्याट्रिसियो, एन्टोनियो सिल्भा, डानिलो परेरा, डिओगो डालोट, गोन्कालो इनासियो, जोआओ क्यान्सेलो, नेल्सन सेमेडो, नुनो मेन्डेस, पेपे, रुबेन डायस , ब्रुनो फर्नान्डिस, जोआओ नेभेस, जोआओ पाल्हिन्हा, ओटाभियो मोन्टेइरो, रुबेन नेभेस, भिटिन्हा, बर्नार्डो सिल्भा, क्रिस्टियानो रोनाल्डो, डिओगो जोटा, फ्रान्सिस्को कोन्सिकाओ, गोन्कालो रामोस, जोआओ फेलिक्स, पेड्रो नेटो र राफेल लिओ टोलीमा रहेका छन् ।