सहकारी ठगी प्रकरणमा छानबिन गर्न ७ सदस्यीय संसदीय समिति गठन
काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि सरकारले मंगलबार संसदीय समिति गठन गरेको छ ।
सरकारले मंगलबार ७ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरिएको संघीय संसद सचिवालयले जनाएको हो। सोही समितिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ नेकपा एमालेबाट २–२ र नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) बाट १–१ जना सांसद राखिएको छ ।
संसद सचिवालयका अनुसार कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्री रहेका हुन् । त्यस्तै, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधानलाई संसदीय समिति सदस्य तोकिएको छ ।