अन्तर्राष्ट्रिय एशियन तेक्वान्दो प्रतियोगिता आजदेखि शुरू
काठमाडौं । प्रथम सिएचआइटिएफ एशिया आमन्त्रित तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि ललितपुरमा आयोजना हुने भएको छ ।
आयोजक नेपाल चाङ हुन् अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शुक्रबार देखि जेठ १३ गतेसम्म ललितपुर सातदोबाटोस्थित कराँते महासंघको एकेडेमी हलमा आयोजना हुने जानकारी गराएको हो ।
प्रतियोगितामा नेपाल मलेशिया, बंगलादेश, भारत, चीन पाकिस्तान लगायत देशका २ हजार ५ सय खेलाडीहरूको सहभागिता हुने आयोजकले जनाएको छ । त्यस्तै, प्रतियोगितामा ८५ स्वर्ण पदक, ८५ रजत पदक र १ सय १६ कास्य पदकका लागि प्रतिष्पर्धा हुने महासंघका अध्यक्ष कुलबहादुर बुढा मगरले जानकारी दिएका हुन् ।
शीर्ष ३ मा रहनेले ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।