आईपिएलमा सनराइजर्स हैदरावादको जित, आज मुम्बई र कलकाताबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बिहीबार राति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको छ।
पहिला ब्याटिङ गरेको हैदरावादले पूरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा दिएको २ सय २ रनको लक्ष्य पछ्याएको राजस्थान ७ विकेटको क्षतिमा २ सय रनमा समेटिएको हो। १५ बलमा २७ रन बनाएर खेलिरहेका राजस्थानका रोभम्यान पावेललाई अन्तिम ओभरको अन्तिम बलमा हैदरावादका भुवनेश्वर कुमारले एलबिडब्लु धरापमा पारेपछि राजस्थान १ रनले पराजित भएको छ।
शीर्ष स्थानको राजस्थानमाथि सनसनीपूर्ण जित निकालेको हैदरावादका लागि ४१ रन खर्चिएर भुवनेश्वर कुमारले ३ विकेट हात पारेका हुन् । सोही जितसँगै हैदरावाद १२ अंकसहित तालिकाको चौंथो स्थानमा उक्लिएको छ। राजस्थान भने १६ अंकसहित शीर्ष स्थानमा कायमै रहेको हो ।
आईपिएल अन्तर्गत शुक्रबार मुम्बई इन्डियन्स र कलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएको छ । सोही खेल शुक्रबार राति पौने ८ बजेदेखि शुरु हुने भएको हो ।