यूईएफए च्याम्पियन्स लिगमा रियल र बायर्न बराबरीमा, आज बोरूसिया र पीएसजीबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा रियल मड्रिड र बायर्न म्युनिखले बराबरी खेलेका छन् ।
बायर्नको घरेलु मैदानमा मंगलबार राति सम्पन्न भएको खेलमा रियल मड्रिड र बायर्न म्युनिखले २–२ गोलको बराबरी खेलेका हुन् । सोही खेलमा पहिलो गोल रियल म्याड्रिडका भिनिसियस जुनियरले गरे पनि दोस्रो हाफको ५३ र ५७औं मिनेटमा बायर्न म्युनिखले गोल गर्दै खेलमा २–१ को अग्रता लिएको छ ।
बायर्नका लागि लिरोय साने र ह्यारी केनले एक–एक गोल गरेका थिए । त्यसपछि खेलको ८३औं मिनेटमा रियल मड्रिडका भिनिसियलले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरी बराबरीमा ल्याएका हुन् । अब सेमिफाइनलको दोस्रो लिग रियल मड्रिडको घरेलु मैदानमा मे ९ तारिखमा हुने भएको छ ।
त्यस्तै, बुधबार राति दोस्रो सेमिफाइनल अन्तर्गत बोरुसिया डर्टमन्ड र पेरिस सेन्ट जर्मेन (पीएसजी)बीच प्रतिस्पर्धा हुने भएको हो ।