संघीय संसदका ४ वटा संसदीय समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसदका ४ वटा संसदीय समितिको बैठक शुक्रबार बस्दैछ ।
जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबार बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । शुक्रबारको बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने भएको छ ।
त्यस्तै, शुक्रबार बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । सोही बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सिफारिस सम्बन्धमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग छलफल हुने भएको छ ।
त्यस्तै, शुक्रबार दिउँसो साढे १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो । सोही बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनको कार्यान्वयन अवस्था र स्थलगत अध्ययन अवलोकन अनुगमनबाट देखिएका विषयहरुका सम्बन्धमा छलफल हुने भएको छ ।
त्यस्तै, शुक्रबार बिहान साढे १० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । बैठकमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं असर न्यूनीकरणका उपायहरु, सगरमाथा क्षेत्रमा देखिएका समस्या, चुनौती, अवसर र आगामी कार्यदिशाका बारेमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।