स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको फराकिलो जित
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा उपाधि पक्का गरिसकेको रियल मड्रिडले आफ्नो अग्रतालाई झनै बढाएको छ ।
शनिबार राति भएको खेलमा ग्रानाडालाई ४–० गोलले पराजित रियल मड्रिडले आफ्नो अग्रतालाई फराकिलो बनाएको हो । रियलका लागि ब्राहिम डीयाजले २-फ्रान गार्सिया र आर्डा गलेरले एक–एक गोल गरेका छन् ।
खेलको ३८औं मिनेटमा गार्सियाले गोल गर्दै रियललाई शुरुवाती अग्रता दिलाएका हुन् । त्यस्तै, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गुलेरले गोल गर्दै रियलको अग्रतालाई दोब्बर बनाएका छन् ।
त्यसपछि खेलको ४९औं, ५८औं मिनेटमा डीयाजले गोल गर्दै रियल मड्रिडलाई ४–० गोलको जित दिलाएका हुन् । सोही जितसँगै ३५ खेलबाट ९० अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा रहेको छ ।
पराजित भएको ग्रानाडाको २१ अंक रहेको हो । त्यस्तै, दोस्रो स्थानमा रहेको जिरोनाको ७५ अंक रहेको हो ।