क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको ईजलासमा भएको मुद्दाको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । लामिछानेले दिएको पुनरावेदनमा जवाफी बहस नसकीएपछि मुद्दा हेर्दाहेर्दैमा रहेको छ ।
मुद्दाको बहस बुधबार पनि निरन्तर हुने पाटन उच्च अदालतका प्रवक्ता बिमल पराजुलीले बताउनुभएको हो ।