पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा सुनुवाई हुँदै, आजै फैसला आउन सक्ने
काठमाडौं । पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि बहस हुने भएको छ ।
मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको इजलासमा परेको मुद्दा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । बुधबार बहस सकिएपछि फैसला आउन सक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ ।
जिल्ला अदालतको फैसलाप्रति लामिछानेले गरेको पुनरावेदन तथा जिल्ला अदालतले लामिछानेलाई कम सजाय दिएको भन्दै सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा दिएको निवेदनलाई एकैसाथ राखेर बहस भइरहेको हो ।
काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणीमा दोषी ठहर गर्दै ८ वर्ष कैद, ३ लाख जरिवाना र थप २ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेपछि पूर्वकप्तान लामिछाने गत फागुन १० गने उच्च अदालत गएका थिए ।