आमाको स्वास्थ्य राम्रो भए मात्रै राष्ट्र पनि स्वास्थ्य हुन्छ: पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आमाको स्वास्थ्य राम्रो भए मात्रै राष्ट्र पनि स्वास्थ्य हुने बताउनुभएको छ ।
नेकपा एमालेको पहिलो राष्ट्रिय महिला भेलालाई बुधबार सम्बोधन गर्दै उहाँले महिलाको स्वास्थ्य राम्रो भएन भने राष्ट्रले दु:ख पाउने बताउनुभएको हो । आमाको स्वास्थ्य राष्ट्रको स्वास्थ्य भएको उहाँको तर्क छ । उहाँले जनस्वास्थ्यको समस्या रहेको बताउनुभयो । प्राकृतिक स्रोतको पनि व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,-‘पवित्र नदिको पानी पिउन र सिंचाइ गर्न पाउनुपर्छ । यसको बारेमा कुरा उठाउनुहोस् म साथ दिन्छु’ । महिलाका समग्र क्षेत्रमा न्यायका लागि बोल्नुपर्ने र दिगो विकासको लागि पनि महिलाले एजेण्डा बनाउनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,-‘महिला अधिकार कार्यनयनमा राष्ट्रिय चुनौती छ। सचेतनाको कार्य गर्दा महिला पुरुष दुवैलाई समेट्नुपर्छ । महिला नेताको सहभागी रहेको सोही कार्यक्रममा महत्वपूर्ण तहमा पुग्न अग्रसर हुनुपर्छ । सामाजिक न्यायसहितको कान्ति अगाडि बढाउनुपर्छ ।’
पूर्वराष्ट्रपति भण्डारीले युवा जनशक्तिको परिचालन गर्नुपर्ने समेत बताउनुभएको छ । उहाँले कृषिलाई आधुनिकीकरणसँग जोड्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,-‘महिला सम्पूर्ण आकाश हुन । आधा आकाश होइन । बालबालिकालाई भासा संस्कृतिलाई अब्बल बनाउन र विदेश पलायन रोक्न महिलाले काम गर्नुपर्छ । प्रजनन स्वास्थ्यको बारेमा पनि शिक्षा दिनुपर्छ । ‘