टी-२० सिरिजको तेस्रो खेलमा आज नेपालले वेस्ट इन्डिज 'ए' सँग सामना गर्दै
काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा बुधबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग गर्ने भएको छ ।
२ खेल सम्पन्न हुँदा एक-एक अंक बाँडेका नेपाल र वेस्ट इन्डिज 'ए'बीच बुधबार तेस्रो प्रतिस्पर्धा हुन लागेको हो। सोही खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार दिउँसो १ बजेदेखि शुरु हुने भएको छ।
गत शनिबार भएको पहिलो खेलमा ४ विकेटको शानदार जित निकालेको नेपाल दोस्रो खेलमा आइतबार १० रनले पराजित भएको थियो। विश्वकप अगाडि नेपालले वेस्ट इन्डिसँगको ५ खेलको टी-२० सिरिज खेल्ने भएको हो ।
नेपालले वेस्ट इन्डिजसँगको सिरिजको चौथो बिहीबार र पाँचौं खेल शनिबार खेल्ने भएको छ। सोही सिरिजलाई आगामी टी(२० विश्वकपको तयारीको रुपमा हेरिएको हो ।