राष्ट्रपति पौडेलका आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत भएको छ ।
नेपालले दिएको राजीनामा राष्ट्रपतिबाट आइतबार स्वीकृत भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताउनुभएको हो । सरकारले १ सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका कारण विवादित हुनुभएको थियो ।
सोही विषयमा राष्ट्रपति स्वयंले नेपालसँग सोधपुछ गर्नुभएको हो। यहि वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी र लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा १ सय रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो ।