आईपिएलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपिएल)अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले पञ्जाब किंग्सलाई पराजित गरेको छ ।
बिहीबार राति सम्पन्न भएको खेलमा बैंगलोरले पञ्जाबलाई ६० रनले पराजित गरेको हो । बैंगलोरले दिएको २ सय ४२ रनको लक्ष्य पछाएको पञ्जाब किंग्स १७ ओभरमा १ सय ८१ रन बनाएर अलआउट भएको छ। यसअघि पहिला ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४१ रन बनाएको हो । बैंगलोरका लागि विराट कोहलीले सर्वाधिक ९२ रन बनाएका छन् ।
सोही जितपछि रोयल च्यालेन्जर्स बैंगलोरको १३ खेलमा १० अंक भएको र अंक तालिकामा आठौं स्थानमा रहेको हो । त्यस्तै, पञ्जाबको भने सोही हारपछि प्लेअफको सम्भावना समाप्त भएको छ । १२ खेलमा ८ अंक रहेको पञ्जाब अंक तालिकामा नवौं स्थानमा झरेको हो ।
त्यस्तै, सोही सिजनमा मुम्बई इण्डियन्सपछि पञ्जाब किंग्स प्लेअफको दौडबाट बाहिरिएको छ ।