यूरोपा लिग फुटबलको उपाधि एटलान्टाले जित्यो
काठमाडौं । यूरोपा लिग फुटबलको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ ।
बुधबार राति भएको फाइनल खेलमा जर्मन क्लब बायर लिभरकुजेनलाई ३-० गोलले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो । एटलान्टाको जितमा एडेमोला लोकमनले ह्याट्रिक गरेका थिए । उनले खेलको १२औं, २६औँ र ७५औं मिनेटमा गोल गरेका छन्।
पहिलो पटक फाइनलमा पुगेको एटलान्टा अपराजित रहँदै आएको लिभरकुजेनलाई स्तब्ध बनाउँदै उपाधि जितेको हो । ५१ खेलसम्म अपराजि रहेको लिभरकुसेन फाइनलमा पराजित भएको छ ।
यसअघि लेभरकुजेनले अपराजित रहँदै जर्मन बुन्डेस लिगा जितेको थियो।