राष्ट्रपति पौडेलको स्वीजरल्याण्ड र जर्मनीको भ्रमण स्वीकृत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीजरल्याण्ड र जर्मनीको भ्रमण गर्नुहुने भएको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्वीजरल्याण्डको भ्रमण गर्न स्वीकृति दिएको हो ।
यहि जेठ ३१ गते स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र सोही पश्चात संघीय गणतन्त्र र जर्मनीको भ्रमण कार्यक्रम रहेको हुनाले भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो ।
त्यस्तै, सरकारले नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर, मद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायव महान्यायाधिवक्ता, न्याय परिषदको सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार पदमा पदस्थापन गरेको छ ।
मन्त्रिपरिषद बैठकका निर्णय यस्ता छन्:
नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर, मद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायव महान्यायाधिवक्ता, न्याय परिषदको सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार पदमा पदस्थापन गर्ने ।
राष्ट्रपति पौडेल ज्यूको नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मिति २०८१, जेठ ३१ गते स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र सोही पश्चात संघीय गणतन्त्र र जर्मनीको भ्रमण कार्यक्रम रहेको हुनाले भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।
वन दोस्रो संशोधन नियमावली,२०२१ स्वीकृत गरिएको छ । तिलगंगा आँखा विश्वविद्यालय सम्बधमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने ।
सरकारले वन दोस्रो संशोधन नियमावली,२०२१ स्वीकृत गरेको छ । साथै तिलगंगा आँखा विश्वविद्यालय सम्बधमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको छ ।