देशका ३ प्रदेशमा आज दिउँसो र राति मेघगर्जन/चट्यांगसहित भारी वर्षाको सम्भावना
काठमाडौं । नेपालमा स्थानीय वायु-पश्चिमी वायुको प्रभावसँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।
बुधबार बिहान कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको हो । त्यस्तै, बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार दिउँसो भने कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षाको समेत सम्भावना रहेको हो। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
बुधबार राति भने कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षाको समेत सम्भावना रहेको हो।
त्यस्तै, कोशी प्रदेशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।