एमाले चितवनको अध्यक्षमा कमलराज पाठक विजयी
काठमाडौं । नेकपा एमाले चितवनको अध्यक्षमा बुधबार कमलराज पाठक निर्वाचित हुनुभएको छ।
पार्टीको ११औं जिल्ला अधिवेशनबाट पाठक अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । बुधबार बिहान सम्पन्न मतगणना अनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुंगाना, उपसचिव (खुला) मा मिनबहादुर परियार र उपसचिव (महिला) तर्फ ज्वाला पुरी वन निर्वाचित भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीका अनुसार मतदानमा कुल ७ सय २९ मत खसेको थियो । सोही अधिवेशनमा जिल्लाका ७ वटै पालिका, पार्टीको जनवर्गीय संगठन, सम्पर्क मञ्च लगायतबाट गरी ७ सय ३२ र मनोनित २९ गरी जम्मा ७ सय ६१ जना प्रतिनिधि सहभागी भएका थिए ।