आईपिएलमा कोलकता नाइट राइडर्सको शानदार जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ।
वर्षाले अवरुद्ध भएपछि १६ ओभरमा छुट्याइएको खेलको शुरुमा ब्याटिङ गरेको कोलकताले दिएको १ सय ५८ रनको लक्ष्य पूरा गर्न नसक्दा प्लेअफ दौडबाट बाहिरिएको मुम्बई ८ विकेट गुमाउँदै १ सय ३९ रनमा समेटिएको हो। सोही जितसँगै कोलकता शीर्ष स्थानमा रहँदै १८ अंकका साथ प्लेअफमा पुगेको छ।
मुम्बई भने प्लेअफको दौडबाट यसअघि नै बाहिरिसकेको टिम हो। उसले १३ खेल खेल्दा ९ खेल गुमाएको छ। टस जितेर मुम्बईले ब्याटिङको निम्तो दिएको खेलमा कलकाताका शुरुवाती ब्याट्सम्यान सस्तैमा समेटिएका थिए।
आईपिएलको यस सिजनमा अब मुम्बईले अब एउटा मात्र खेल खेल्न बाँकी रहेको हो । शीर्ष स्थानको कोलकताले भने अझै २ खेल खेल्ने भएको छ।