आईपीएलमा राजस्थानलाई पराजित गर्दै हैदरावाद फाइनलमा प्रवेश
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ को फाइनलमा कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार राति सम्पन्न भएको दोस्रो क्वालिफायर खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै फाइनलमा कोलकतासँगको भेट निश्चित गरेको हो । हैदरावादले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन मात्र बनाउन सकेको छ ।
हैदरावाद पहिलो क्वालिफायर खेलमा कोलकता नाइट राइडर्ससँग ८ विकेटले पराजित भएको थियो । यता राजस्थानले भने इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर(आरसीबी)लाई ४ विकेटले पराजित गरेको हो ।
अब आईपीएलको फाइनल खेल यहि जेठ १३ गते आइतबार हुने भएको छ ।