इंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा प्रवेश
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार राति भएको खेलमा टोटनहमलाई २–० गोलले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । सिटीका लागि हर्लिङ हालान्डले २ गोल गरेका थिए । उनले खेलको ५१औँ मिनेटमा पहिलो तथा दोस्रो हाफको इन्जुरी समयमा दोस्रो गोल गर्दै सिटीलाई २–० गोलको जित दिलाएका हुन् ।
सोही जितसँगै म्यानचेस्टर सिटीको ८८ अंक भएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको ८६ अंक रहेको हो । पराजित भएको टोटनहम ६३ अंकसहित पाचौं स्थानमा रहेको छ।
यहि जेठ ६ गते आइतबार अब अन्तिम चरणको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ह्यामसँग र आर्सनलले एभर्टनसँग खेल्ने भएका हुन् ।