आईपिएलमा राजस्थानलाई पराजित गर्दै पञ्जाबको शानदार जित, आज गुजरात र हैदरावादबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको खेलमा राजस्थान रोयल्सले लगातार चौथो पराजय भोगेको छ।
प्लेअफबाट बाहिरिसकेको पञ्जाब किंग्ससँग राजस्थान ५ विकेटले पराजित भएको हो। टस जितेर सुरुमा ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको छ । १ सय ४५ रनको लक्ष्य पञ्जाबले ७ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गरेको हो।
लगातार चौथो हार खाएको राजस्थान १६ अंकसहित दोस्रो स्थानमा कायमै रहेको छ। प्लेअफबाट बाहिरिसकेको पञ्जाब पुछारबाट दोस्रो स्थानमा रहेको हो । उसले १३ मा ७ खेल गुमाउँदै १० अंक बनाएको छ।
आईपिएल अन्तर्गत बिहीबार राति गुजरात टाइटन्स र हैदरावाद सनराइजर्सबीच प्रतिस्पर्धा हुने भएको हो । सोही खेल बिहीबार राति पौने ८ बजेदेखि शुरु हुने भएको छ ।