विश्वकप अघिको पहिलो अभ्यास खेलको अन्तिम खेलमा नेपाल पराजित
काठमाडौं । विश्वकप अघिको पहिलो अभ्यास खेलको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
शनिबार राति भएको खेलमा विनवाड्रस भोलक्यानोजसँग नेपाल पराजित भएको हो । शुरुमा ब्याटिङ गरेको भोलक्यानोजले दिएको २ सय ६ रनको चुनौती पूरा गर्न नसक्दा नेपाल पराजित भएको हो । ३ खेलको अभ्यासमा नेपालले पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो। दोस्रो खेलमा ४९ रनले विजयी भएको नेपाल तेस्रो खेलमा ६७ रनले पराजित भएको छ।
पार्क हिल मैदानमा टस जितेर शुरुमा ब्याटिङ गरेको भोलक्यानोजले नेपालविरुद्ध सबै विकेट गुमाएर २ सय ५ रन बनाएको हो । चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल भने १७.१ ओभरमा १ सय ३८ रन बनाएर अलआउट भएको छ । अन्तिम खेलमा पराजित भए पनि ३ खेलको अभ्यास नेपालले २-१ ले आफ्नो पक्षमा पारेको हो ।
यसअपछि नेपाल विश्वकप अगाडिको अभ्यास खेलनका लागि अमेरिका जाने भएको छ । त्यहाँ नेपालले क्यानाडा र अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएकको हो ।