सम्पत्ति शुद्धीकरण प्रकरण: विकल पौडेललाई थुनामा पठाउन विशेष अदालतको आदेश
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउने आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको बुधबारको इजलासले पौडेललाई थुनामा पठाउने आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा पूर्वकार्यकारी निर्देशक पौडेलविरुद्ध यहि जेठ ९ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।